अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

नेपालमा एकैदिन ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त, ८ हजार १ सय ४६ नयाँ संक्रमित थपिए

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३० मा प्रकाशित

देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन् । योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । सोही समयमा १ सय ८७ जनाको मृत्यु हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

देशभर १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित हुँदा ६ सय ७५ जना आइसोलेसनमा छन् । संक्रमितमध्ये १ हजार ३ सय ३१ जना आईसीयूमा छन् भने ३ सय ७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू