अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ७:५७ मा प्रकाशित

सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार ९०० रुपैयाँ भन्दा बढी लिन नपाइने प्रष्ट गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार रेम्डिसिभिर अब ४ हजार ९०० रुपैयाँ भन्दा बढी बेच्न पाइने छैन ।

कोभिड–१९ का बिरामीलाई चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।अधिकारीका अनुसार आयन हेल्थकेयर रेम्डिसिभिरको आधिकारिक आयातकर्ता हो । अब रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रका अलवा सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत् संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन पनि चाहिने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू