अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

एनआरएनए अमेरिका:ओरेगन राज्य च्याप्टर निर्विरोध, अध्यक्षमा लक्ष्मण दर्लामी

कृष्ण के. सी. २०७८ वैशाख १३ गते ९:४६ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा ओरेगन राज्य च्याप्टर अध्यक्ष पदका उम्मेदवार लक्ष्मण दर्लामी निर्विरोध निर्वाचित भएका छन्।

ललितपुर जिल्लामा जन्मे हुर्केका दर्लामीले अमृत साइन्स कलेजबाट आइएस्सी, पाटनमा मल्टिपल क्याम्पसमा बिबिएस गर्दागर्दै डिभी लटरी परेर अमेरिका आएका दर्लामी ओरेगनमा बस्दै आएका छन्।

२००१ मा अमेरिका आएका दर्लामीले सुरुका ४/५ वर्ष आफ्नै व्यवसाय गरेका थिए। पछि आइटीमा ग्र्याजुएट भएपछि भने आइटीकै सिनियर डाटा एनालिष्ट भएर काम गर्दै आएका छन्। २०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेका दर्लामी २०१९ देखि भने ओरेगन राज्य च्याप्टरको सचिव भएर काम गर्दै आएका छन्।

यो पटक लक्षण दर्लामी अध्यक्षका लागि उम्मेदवार भएका हुन्। एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगबाट अप्रिल २५, २०२१ मा प्रकाशित उम्मेद्वारहरुको पहिलो लिष्ट अनुसार उनको बिरुद्धमा अरू कुनै उम्मेदवारी नपरेकाले दर्लामी निर्विरोध निर्वाचित भएका हुन्। यति मात्र होइन उनको सिङ्गो ओरेगन राज्य च्याप्टरको नेतृत्व टिम नै निर्विरोध निर्वाचित भएको छ। तर निर्वाचन आयोगबाट यसको आधिकारिक सूचना/घोषणा आउन बाँकी छ।

अध्यक्ष-लक्ष्मण दर्लामी
उपाध्यक्ष-निरंजन श्रेष्ठ
सचिव-अलिशा कार्की मिचेल
कोषाध्यक्ष-कमल कुमार श्रेष्ठ
महिला संयोजक-सेल्बा ताम्राकार
बोर्ड सदस्य-बिरेन्द्र थापा
बोर्ड सदस्य-चन्द्र प्रसाद अंगाइ
बोर्ड सदस्य-जाङ्बु शेर्पा
बोर्ड सदस्य-किरण अधिकारी
बोर्ड सदस्य-पदम जङ्ग थापा
बोर्ड सदस्य-तारा कार्की

सम्बन्धित सामग्रीहरू