अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरूको पहिलो लिस्ट प्रकाशित, नाम सहित

कृष्ण के. सी. २०७८ वैशाख १३ गते ९:३६ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको नेतृत्वमा जान इच्छित भएर मनोनयन दर्ता गर्नेमध्ये भ्यालिडहरुको पहिलो लिस्ट प्रकाशित गरेको छ।

पहिलो लिस्टमा अध्यक्षमा ५, वरिष्ठ उपाध्यक्षमा ३ सहित विभिन्न पदका उम्मेदवारहरूको नाम प्रकाशित गरिएको छ । अमेरिकाका ५० राज्य मध्ये १०० या त्यो भन्दा धेरै पञ्जीकृत सदस्य भएका २९ राज्यहरूमा नेतृत्व चयन हुनेछ । यसमध्ये थुप्रै राज्य च्याप्टरका अध्यक्ष निर्विरोध भएका छन् ।

https://www.nrnusa.org/media/election_document/Notice-14-Notice_on_first_Candidate_list_publicaiton.pdf

प्रकाशित उम्मेदवारहरूको विस्तृत विवरण हेर्नको लागि यो लिङ्क क्लिक गर्नुहोस्
https://www.nrnusa.org/media/election_document/Candidate_List-1.pdf

स्मरण रहोस् यो पटकको लागि एनसीसी अमेरिकाका लागि २० हजार १ सय ३९ जना मतदाताहरू रहेका छन्। अब उम्मेदवारहरूको विरुद्धमा दाबी-बिरोधको समय सुरु भएको छ। दाबी-बिरोध अप्रिल २६ को ११:५९ (पूर्वीय समय) सम्म प्राप्त भइसक्नु पर्ने छ। त्यसपछि निर्वाचन आयोगले अप्रिल ३०, २०२१ मा उम्मेदवारहरूको दोस्रो लिस्ट प्रकाशित गर्दै उम्मेदवारी फिर्ता लिने सूचना जारी गर्नेछ।

दाबी बिरोध गर्ने लिंक:
https://www.nrnusa.org/media/election_document/NRNA_NCC-USA_Election_Candidate_Complaint_Form.pdf