अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अवधिबारे सूचना

कृष्ण के. सी. २०७८ जेठ ४ गते ८:२४ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको निर्वाचन र मौन अवधिबारे एक सूचना प्रकाशित गरेको छ।

एनआरएनए एनसीसीको निर्वाचन आयोगका प्रमुख विश्व बरालद्वारा जारी गरिएको सूचनाको प्रमुख सार:

मे १७, २०२१ सोमबार प्रकाशित सूचनामा निर्वाचन आयोगले यही मे २९ र ३०, २०२१ मा हुने निर्वाचनका लागि उम्मेदवार र प्रचारका लागि सहयोगी र सम्पूर्ण संयत्रको जानकारीको लागि निर्वाचन र मौन अवधिको सूचना जारी गरेको हो।

निर्वाचन मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएर मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त हुनेछ। निर्वाचनका सम्पूर्ण उम्मेदवारहरूले विधानको सो सम्बन्धी व्यवस्था हेर्नको लागि निर्वाचन आयोगले अनुरोध गरेको छ ।
कोड अफ कन्डकको लागि:
https://www.nrnusa.org/media/documents/NRNA-USA-Bylaws_2010_with_15th_Amendment_2020.pdf
मौन अवधि मे २७, २०२१ को बिहान ८:०० बजे, निर्वाचनको ४८ घण्टा पहिला सुरु हुनेछ र मतदान सम्पन्न भएपछि अन्त हुनेछ।

यो अवधिमा निर्वाचन प्रचारका कुनै पनि गतिविधि कुनै पनि माध्येमा गर्न नहुने (personal, virtual, telephonic, or social media) कुरा पनि उल्लेख गरिएको छ।

त्यसै गरी निर्वाचनको तालिकामा आवश्यकता परेमा निर्वाचन आयोगले परिमार्जन गर्न सक्नेछ। निर्वाचन सम्बन्धी कुनै प्रश्न भएमा election@nrnusa.org मा इमेल गर्न सक्नुहुनेछ ।