अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कृष्ण के. सी. २०७८ वैशाख २७ गते १६:२८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी) का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरूको सान फ्रान्सिस्कोमा आयोजना गरिएको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विशेष गरी अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदी र उनका सहकार्य गर्ने उम्मेदवारहरूको समर्थनमा एक किसिमको सागर जस्तै बाहर आएको थिए। इण्डोर्श गर्नेहरूको एक किसिमको सागर नै बगेको जस्तो भएको थियो। गैर आवासीय नेपाली सङ्घमा जापान देखि सहभागी हुँदै आएका सफल व्यवसायी नारायण सोम्नामेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका पूर्व सल्लाहकार भक्त थापा, नेपाल सरकारको पर्यटन दूत घन प्रसाद दवाडी, नेपाली जनसम्पर्क सम्पर्क अमेरिकाका सभापति धनञ्जय नरसिंह के सी, जनसम्पर्क सम्पर्क अमेरिकाका नर्दन क्यालिफोर्नियाका कावा सभापति नारायण खनाल, स्थानीय नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष ईश्वर सिटौला, पूर्व अध्यक्ष रवीन्द्र राई, डिकेन्द्र मास्के, नेपाली महिला विश्व सञ्जाल क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष विष्णु कुमारी सुवेदी, नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष तथा व्यवसायी यज्ञलाल श्रेष्ठ, ओखलढुङ्गा नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष कृष्ण राज गिरी, रुकुम अमेरिका जनसम्पर्क समितिका अध्यक्ष विनोद पुन मगर लगायतले इण्डोर्श गरेको कार्यक्रममा ४०० भन्दा धेरै उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीले आफ्नो जन्म स्थान स्याङ्जा देखि चितवन र अनि अमेरिका सम्मको यात्राको जानकारी दिए। नेपालमा गरेको राजनीति, स्कुल शिक्षक देखि त्रिभुवन विश्वविद्यालयको प्राध्यापन र अमेरिकामा आफू ब्यबसायिक रूपमा सफल भएको समेत जानकारी दिए। त्यसै गरी आफ्ना एजेन्डा, महिला तथा युवा र दोस्रो पुस्ताको योजनाहरू समेत राख्य भ्याए सुबेदीले।

सुबेदीसँगै उम्मेदवारी सहकार्य गर्न उम्मेदवार भएका उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरू गोपेन्द्र भट्टराई, डिलु पराजुली, राम हरि अधिकारी, क्रान्ति अर्याल भण्डारी, दीक्षा बस्नेत, महासचिवका उम्मेदवार अञ्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, सचिवका उम्मेदवार तारा ढकाल मरहट्ठा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ पनि थिए।

त्यसै गरी अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका उम्मेदवारहरू बिन्दु निरुला सापकोटा, विनोद तिवारी, उत्तम कार्की, सुरेन्द्र मल्ल (कार्यक्रम सञ्चालक) थिए।

एनआरएनए एनसीसी अमेरिकाका बोर्ड सदस्यका उम्मेदवारहरू डा प्रकाश श्रेष्ठ, रवि सिंह बस्नेत, डोल नाथ घिमिरे, राम कुमार महतो, मीन खड्का, राज ढुङ्गाना, बिराज भण्डारी, उत्तम शर्मा, शान्ति पौडेल, दौपदी भट्ट, उत्तम शर्मा वाग्ले पनि थिए।

त्यसै गरी अन्य पदक उम्मेदवारहरू क्षेत्रीय कमिटी संयोजक श्रीराम काजी थापा, देव राम ओली, क्यालिफोर्निया च्याप्ट अध्यक्ष एक देव शर्मा, विजय चौधरी, च्याप्टरका अन्य उम्मेदवारहरू समेत थिए।

कार्यक्रममा हलिउडखबर, दूरबिन नेपाल, हाम्रो चहलपहल, ओएस नेपाल, बिआरटी नेपाल, रूपान्तरण, नेपलिज डायस्पोरा लातायतका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले कार्यक्रमको लाइभ गरेका थिए ।

सम्बन्धित सामग्रीहरू