अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

नेपालमा २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, थप १० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ६:४४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० जनामा र ८ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या २ लाख ८९ हजार ९ सय १८ पुगेको छ ।

२४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार ५१ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू