अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रममा कल्पना तामाङ प्रथम

बिआरटीनेपाल २०७८ वैशाख ६ गते १४:५७ मा प्रकाशित

अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी, समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमको लागि-“महिलाजिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगीहरू वाचन कार्यक्रम अप्रिल १८, आइतबार सम्पन्न भयो ।

कार्यक्रमको सञ्चालन अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले गर्नु भएको र कार्यक्रम सुरुमा वहाँले कार्यक्रम माथि महत्त्व दिँदै “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । संयोजक निर्दोषीले बताउनुभयो, ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नैसमाजका मेरुदण्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूको अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक पनि हुन् । त्यसैले यस्ता प्रतियोगिताहरू समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोड दिनु भयो ।

कार्यक्रममा संसारभरिबाट कवयित्रीहरूले सहभागिता रहेको थियो । प्रतियोगी सट्टाका वाचन र सृजनाहरूले सभा नै स्तब्ध भएको थियो । “महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैङ्गिक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथि जोडदार दिइएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच र ज्यादती, ब्यवहर, क़ानून, पुलिस, प्रशासन, सरकार, व्यवस्थापनको परिवर्तनकुराहरू विभिन्न छन्द र गद्य रचना सुनाइएका थिए । प्रतियोगी सट्टाहरू तीन वटा महादेशका र विभिन्न सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रहरूबाट र पेसाहरूका हुनुन्थ्यो ।

साथै कार्यक्रममा विभिन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रस्टीका अधिकांश व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरू समेतको गरी ठुलो सहभागिता रहेको थियो । उक्त प्रतियोगिताका लागि साहित्यकार सीता पाण्डे, समालोचक लीला लुइँटेल र सुप्रसिद्ध कवि लालगोपाल सुवेदीलाई निर्णायकका रूपमा मनोनयन गरिएको थियो ।

पुरस्कृत तथा वाचनका लागि छनोट गरिएका रचना चयन प्रक्रिया प्रभाव तथा दबाबमुक्त रहेको समालोचक लीला लुइटेलको धारणा थियो । पुरस्कृत बहेकका चौध पन्ध्र वटा कविता पनि पुरस्कृत कविताकै हाराहारीका अब्बल रहेको धारणा साहित्यकार सीता पाण्डेले बताउनुभयो । गद्य कवितामा विम्ब तथा प्रतीकको योजना कौशल र छन्द कवितामा पद लालित्य सहितको परिपाकबाट कविता कति बुलन्द बनेको छ भन्ने आधारमा अन्तिममा कुन कविता प्रथम, कुन द्वितीय र कुन तृतीय भनेर छुटाइन्छ भन्ने अनुभव बाँड्दै अन्तर्मनको सरस्वतीले अह्राए बमोजिम अत्यन्त कडा परिश्रमबाट पुरस्कारका लागि कविता चयन गरिएको धारणा कवि लालगोपाल सुवेदीले व्यक्त गर्नुभयो ।

स्मरणीय छ सबैजसो प्रतियोगी कविहरूको प्रभावशाली वाचन शैलीका कारण प्रस्तुत कविताहरूमा निकै राम्रो पाइन चढेको थियो । बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेलले शुभकामना सन्देश दिँदै र कार्यक्रमको अति सरणी गर्नुभएको थियो । साथै कार्यक्रममा बोर्ड अफ ट्रस्टीका उपाध्यक्षहरू पुरु सुवेदी र पदम विश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वाचन पछि, छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयले सुनाइएको थियो र पुरस्कृत कल्पना तामाङ -अमेरिका, उत्तर अमेरिका (प्रथम,५०० डलर), बिन्दा पराजुली-जापान, एसिया (द्वितीय, ३०० डलर) र विष्णुमाया विभु- नर्वे, युरोप (तृतीय, २००) लाई निर्णय सुनाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रम पुरस्कार दाताहरूको पनि उपस्थित थियो । कार्यक्रमको सञ्चालन अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले गर्नुभएको थियो र समापन अनेसासका महासचिव सर्वज्ञ वाग्ले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू, पुरस्कारको रकम सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नुभएको थियो । कार्यक्रम अति नै रोचक थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू