अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:०४ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ३३ पीसीआर परीक्षणबाट ७ सय ६८ जना र ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना कारण मृत्यु भएको छ । योसँगै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ जना र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू