अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

“नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउदैनौं” – लक्ष्मणलाल कर्ण

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३७ मा प्रकाशित

जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा नहल्लाउने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पार्नुभयो ।

कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताउनुभयो । अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने उहाँको भनाइ छ। आफुहरुले बेला आएपछि आफ्नो निर्णय गर्ने उल्ल्ेख गर्दै उहाँले कसैले जुनबेला भन्छ त्यहीबेला निर्णय गर्ने नगरिने बताउनुभयो । अविश्वासको प्रस्ताव ल्याए वा समर्थन फिर्ता गरे आफुहरुले तत्काल आवश्यक निर्णय गर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू