अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

ओलीका फुर्ती देखाउन दिन गए– नेकपा अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७७ फागुन २२ गते ७:२६ मा प्रकाशित

नेकपा अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा उहाँले ओलीका फुर्ती लगाउने दिन गईसकेको टिप्पणी गर्दै धेरै फुर्ती नदेखाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा लगेकोले त्यो अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको नेपालको भनाई थियो ।

पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उहाको टिप्पणी थियो । नेत्रविक्रम चन्द राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफूहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा चन्दलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू