अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

मल अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था नआउने मन्त्री अर्यालको दाबी

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:२५ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मल अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने बताउनुभयो । तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अघि बढेको उहाँको भनाइ छ ।

यस आर्थिक वर्षका लागि बिनियोजित ११ अर्ब बजेटबाट २ लाख ८२ हजार ५ सय मेट्रिक टन युरिया, २ लाख २ हजार ५ सय मेट्रिक टन डिएपी र १५ हजार मेट्रिक टन पोटास गरी ५ लाख मेट्रिक टन मल आयात गरिने मन्त्री अर्यालले बताउनुभयो । यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको र १ लाख ६२ हजार मेट्रिक टन मल स्टक र नेपाल भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू