अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

ओलीको सम्मानजनक बहिर्गमनको वातावरण बनाउन नेकपा उपाध्यक्ष गौतमको अध्यक्ष प्रचण्डसंग प्रस्ताव

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गर्नुभएको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गौतमले यस्तो प्रस्ताव राख्नुभएको हो ।

प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुग्नुभएको थियो । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो । नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आउनुभएको छ । हिजो मात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू