अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

डा. केसीको अनसन स्थगित

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:१० मा प्रकाशित

डा गोविन्द के.सी.ले आजदेखि गर्न लाग्नुभएको २० औँ चरणको सत्याग्रह स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि तत्कालका लागि सत्याग्रह स्थगित गरिएको के.सी.ले बताउनुभयो । दिउँसो माइतिघर मण्डला परिसरमा पत्रकार सम्मेलन गर्दै के.सी.ले प्रतिनिधिसभा पुनस्थापनाको माग सर्वोच्चको फैसलाबाट पुरा भएको र संवैधानिक निकायमा भएको नियुक्ति बदरको विषय पनि सर्वोच्चमा विचाराधिन भएकोले तत्कालका लागि सत्याग्रह स्थगन गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको पालामै ६ पटक सत्याग्रह (अनशन) बस्नुभएका डा गोविन्द के.सी.ले बिगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि नेकपा, नेपाली काँग्रेस लगायतका सबै दलहरुको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

१९ पटकको सत्याग्रहका क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जनताप्रति जवाफदेही बनाउने अभियान पनि जारी रहेने डा के.सी.द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभा पुनस्थापना, संवैधानिक निकायमा भएको नियुक्ति बदर र बिगतमा भएका सम्झौताको कार्यान्वयनमा दबाब दिनका लागि ३ बुँदै मागसहित आजदेखि सत्याग्रह बस्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू