अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

चिनीको मूल्य बढेकोमा राष्ट्रिय उपभोक्ता मञ्चले सरकारलाई ध्यानाकर्षण गरायो

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:५८ मा प्रकाशित

राष्ट्रिय उपभोक्ता मञ्चले कृत्रिम रुपमा बढाइएको चिनीको मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीहरुमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । उपभोक्ता मञ्चले विज्ञप्ति जारी गर्दै गत हप्तासम्म उपभोक्ताले साल्ट ट्रेडिङ्गको आउटलेटमा ७३ र अन्यको हकमा ८० रुपैया प्रति किलोमा खरिद गरिरहेको चिनी अहिले उपभोक्ताले बजारमा ९० देखि ९५ रुपैयाँ प्रतिकिलोमा खरिद गरिरहेकाले तत्काल आवश्यक कारवाही गरी मूल्य नियन्त्रण गर्न माग गरेको हो ।

गत हप्तासम्म चिनी प्रतिकिलो ६८ रुपैयाँमा भ्याट बिलसहित बिक्री गरेतापनि इष्टिमेट बिल प्रयोग गरी थोक बिक्रेताहरुसँग ७८ रुपैयाँ प्रतिकिलोसम्म मूल्य लिने गरेको थोक बिक्रेताहरुको गुनासो  मनन गर्दै उद्योगीहरु आफैले कालोबजारी गर्दै राजस्व छल्ने काम समेत गर्दै आएको उपभोक्ता मञ्चले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले स्वदेश र विदेशबाट खरिद चिनीको मौजदात रहुञ्जेल खुद्रा मूल्य ७३ रुपैयाँमा बिक्री गरिरहेकोमा अहिले ८० रुपैयाँमा स्वदेशी उद्योगसँग खरिद गर्नु परेको जानकारी प्राप्त भएको मञ्चले जनाएको छ ।

यस्तै मञ्चले गत ५ महिना अगाडि नै स्वदेशी चिनी उद्योगहरुसँग चिनीको मौजदात सकिएको भनी नेपाल चिनी उद्योग संघको तर्फबाट विज्ञप्तिसहित सार्वजनिक सूचना जारी गर्न लगाउने चिनी उद्योगहरुले कसरी चिनीको मूल्य एक्कासी बढाउने र बिक्री वितरण गर्न सक्षम भयो भन्ने सोचनीय विषय रहेकोमा ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू