अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

नेपालमा आज २ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:०१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू