अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

लोकतन्त्र र गणतन्त्रको बीउ नै गलत पर्‍याे : कमल थापा

बिआरटीनेपाल २०७७ माघ ११ गते ७:२७ मा प्रकाशित

राप्रपाका अध्यक्ष एवं पूर्व उप–प्रधानमन्त्री कमल थापाले लोकतन्त्र र गणतन्त्रको बीउ नै गलत परेको जिकिर गर्नुभएको छ ।  कावासोतीमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नै धार्मिक सांस्कृतिक परिवेश भएको नेपालले धर्म निरपेक्षता र गणतन्त्रलाई धान्न नसक्ने दाबी गर्नुभएकाे हाे ।

पुस ५ गतेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभाको विषयमा बोल्दै थापाले राजनीतिमा नयाँ तरंग आएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले दिएको झण्डै दुई तिहाई मतको विश्वासलाई कम्युनिष्टले धान्न नसकेको टिप्पणी गर्नुभएको छ । यसैको परिणाम देशमा विकृति–विसंगति देखा परेको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा बहस चलिरहेकाले न्यायालयलाई कसैले पनि दबाब वा प्रभावमा पार्न नहुने बताउँदै अदालतले गर्ने निर्णय अनुसार चुनाव भए चुनावी अभियानमा शसक्त भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले संसद पुनर्स्थापना भए पनि सांसद खरिद बिक्रीको अर्को खतरनाक चित्र आफूले देखेको जिकिर गर्दै भष्ट्राचार, बेथिति र सर्वसत्तावादी प्रवृतिका प्रधानमन्त्री ओलीको पत्तासाफका लागि पनि नयाँ जनादेशमा जाने प्रक्रिया भने ठीक हुने धारणा राप्रपा अध्यक्ष कमल थापाको थियो ।

नेपाल जस्तो भूराजनीति भएको देशमा एकातिर विशाल चीन र अर्कोतिर भारत दुबैको नेपालसँग स्वार्थ लुकेको थापाले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू