अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

धरान सहरको कभर भर्सन शिव लामिछानेको स्वरमा

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:०५ मा प्रकाशित

धरान । गएको महिना मात्र रिलिज गरिएको गायक ज्ञान सुब्बाको “धरान सहर ” बोलको गीतको कभर भर्सन भर्सटायल गायक शिव लामिछाने “शिबाज “ले आफ्नो स्वरमा रेकर्ड गरेर कभर भिडियो समेत तयार गरेर रिलिज गरेका छन्।

आफ्नो ठाउँको बारेमा उत्कृष्ट शब्द , सङ्गीत र स्वरको तालमेल रहेको गीत ” धरान सहर ” सुनेपछि एकपल्ट आफूलाई पनि गाउने रहर जागेर यस गीतका गायक ज्ञान सुब्बासँग अनुमिति लिएर कभर भर्सनमा रेकर्ड गरेर गायक शिव लामिछानेले भिडियो समेत निर्माण गरेका छन् । धरान पहिले देखि नै थुप्रै साङ्गीतिक प्रतिभाहरूले जन्म लिएको ठाउँ हो र त्यस्तै प्रतिभामा ज्ञान सुब्बा पनि पर्नुहुन्छ र वहाँको स्वरको पहिले देखि नै असल श्रोता र फ्यान हुँ र त्यही माथि वहाँले हाम्रै धरानबारे यस्तो राम्रो गीत गाउनु भएपछि मलाई गाउन एकदमै मन लागेर अनुमति लिएर गाएको गायक शिव लामिछाने बताउँछन्। एक किसिमले यो वहाँप्रतिको मेरो श्रद्धापूर्वक सानो उपहार हो।

यस गीतका गायक ज्ञान सुब्बा पनि गायक शिव लामिछानेको स्वर र प्रतिभाको तारिफ गर्दै भन्छन् – शिव भाइ एकदमै प्रतिभाशाली छन्, उनले म भन्दा राम्रो गाएको छ र उनी जस्तो गायकले मेरो गीत मन पराएर कभर गरिदिएकोमा एकदमै खुसी छु।

ज्ञान सुब्बाको स्वर रहेको ” धरान सहर “मा जीवन भट्टराईको सङ्गीत र हर्क चुम्मेको शब्द रहेको छ ।

गायक शिव लामिछानेले गाएको कभर भिडियो लिङ्क:

प्रतिक्रिया