अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२८ मा प्रकाशित

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ ।गत पुष १ गते देखि नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको जानकारी दिनुभयो ।बेलायतवाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

ति मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हंङकङ पठाएको थियो । यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू