अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

देशमा रक्तपात हुने खतरा – सुजाता कोइराला

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१९ मा प्रकाशित

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याउनुभएको छ ।बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको बताउनुभयो ।

सभापति शेरबहादुर देउवाले आफैँले ल्याएको संविधान र संसदको विपक्षमा बोलेकोप्रति आपत्ती जनाउँदै उहाँले देउवाको पछिल्ला गतिविधिमाथि केन्द्रीय कमिटिको बैठकमा कुरा उठ्ने पनि बताउनुभयो । प्रनिनिधिसभा बिना देश अगाडी बढ्न खोजे अर्को दुर्घटना हुने भन्दै उहाँले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू