अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

बिआरटीनेपाल २०७७ पुष २५ गते ७:३५ मा प्रकाशित

वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिनुभयो । वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गर्नुभएको छ । नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत उहाँका थुप्रै गीत लोकप्रिय छन्।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो। दशैँ अगाडि कुरा गर्ने सामान्य कुराकानी गर्ने रिमाल दशैँ पछाडि धेरै बिरामी हुनुभएको थियो । पछिल्लो समय उहाँलाई चिरायु अस्पतालमा राखेर उपचार गरिएको बुहारी विद्या रिमालले जानकारी दिनुभयो ।

४ दिन अस्पताल राखेर घर ल्याएपछि उहाँको निधन भएको थियो। रिमाललार्ई अन्तिम समयमा निमोनिया, मृगौलाको समस्या देखिएको थियो। रिमालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू