अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक

बिआरटीनेपाल २०७७ पुष २ गते ६:५१ मा प्रकाशित

सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा नीति सार्वजनिक गर्नुभएको हो । जलश्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिँचाइ, विद्युत, जलउत्पन्न विपद व्यवस्थापनका फरकरफरक नीति भए पनि एकीकृत नीति थिएन ।

मन्त्री पुनले सार्वजनिक गर्नुभएको नीतिका ७ उद्देश्य छन् । नीतिमा ११ वटा रणनीति समेटिएका छन् । २० पृष्ठ लामो नीतिले जलश्रोतको बहुआयामिक तथा दिगो विकास र बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मूल उद्देश्य लिएको छ । कार्यक्रममा मन्त्री पुनले पानीको उपयोग, संरक्षण, नियन्त्रण र नियमनसम्बन्धी एकीकृत नीतिको अभाव रहेकाले जलश्रोत नीति ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू