अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

‘प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन मिल्दैन’

बिआरटीनेपाल २०७७ पुष १ गते ६:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद एवं संविधानविद् राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताउनुभएको छ ।सर्वोच्च अदालतमा अध्यादेशलाई लिएर निवेदन परिसकेपछि त्यसको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागि हुन नमिल्ने उहाँले बताउनुभयो ।

बुधबार संविधानविद् एवं सांसद अधिकारीले सर्वोच्च अदालतको हैसियतमा संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताउनुभएको हो । नेता अधिकारीले प्रधानन्यायाधिशले सर्वोच्चमा निवेदन परेको कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराउनुपर्ने पनि बताउनुभयो ।

यदि अदालतमा निवेदन परेको जान्दा जान्दैपनि बैठकमा जानुहुन्छ भने प्रधानन्यायाधीशको रुपमा काम गर्न नहुने उहांको जिकिर थियो ।अध्यादेश ल्याउने काम सरकारको भएकाले प्रधानन्यायाधीशले सोही अनुसार बैठकमा भाग लिन पाउने तर अध्यादेशलाई लिएर अदालतमा मुद्दा परेपछि प्रधानन्यायाधीश बैठकमा भाग लिन नहुने अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू