अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

नेकपा स्थायी समिति बैठक–“ संवैधानिक परिषद्बाट कुनै सिफारिस भएको छैन”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ पुष १ गते ६:३६ मा प्रकाशित

विवाद र अन्योलबीच सुरु भएको सत्तारुढ नेकपाको आजको स्थायी समितिको बैठक सौहाद्रपूर्ण वातावरणमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षबीच भएको चार बुँदे सहमितलाई सर्वसम्मतिले अनुमोदन गर्दै बुधबारको बैठक सकिएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता भएको प्रस्ताव पनि फिर्ता लिने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले मंगलबार बेलुका बसेको परिषदको बैठकले कुनै सिफारिस नगरेको जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले ओलीले हिजोको संवैधानिक परिषद्को बैठकमा कुनै पनि सिफारिस नभएको जानकारी गरएको बताउनुभयो । अब स्थायी समिति बैठक पुस ५ गते र ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू