अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

नेकपा विवाद– कठोर परिस्थितिको सामना गर्नुपर्ने प्रचण्ड र नेपालको कार्यकर्तालाई प्रशिक्षण

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:२७ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजनको स्पष्ट संकेत देखा पर्न थालेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भागबण्डाबाट सुरु भएको द्वन्द्व साम्य हुने कुनै लक्षण देखिएको छैन । पछिल्लो समय सहमतिका लागि सुरु भएको संवाद झन तिक्ततातर्फ उन्मुख भएपछि पार्टी विभाजनका संकेत देखिएको बिश्लेषण गर्न थालिएको छ । सहमतिको सम्भावना न्यून हुँदै गएपछि ओलीविरुद्ध प्रचण्ड पक्षले गोप्य भेला र प्रशिक्षणलाई तीव्रता दिएको छ।

बिहीबार प्रचण्ड पक्षले गोप्य रुपमा बागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेको थियो । आगामी परिस्थितिको कसरी सामना गर्ने भन्नेमा केन्द्रीत भेलामा प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरू सामेल भएको बताईएको छ । भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन एवं प्रशिक्षित गरेको नेपाल निकट प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

शाक्यका अनुसार भेलामा प्रचण्डले पार्टी एकताका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको तर बदलामा ओलीबाट अपमान मात्रै पाएकाले अब कठोर हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको बुझिएको छ । यस्तै आगामी दिनमा कठोर परिस्थिति आउने संकेत गर्दै त्यो सामनाका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिएको छ ।

भेलामा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको अडान अनुसार पार्टी अब अघि बढ्न नसक्ने बताउनुभएको जनाईएको छ । प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रस्ताव आफुहरुको समेत रहेको दोहोर्याउँदै नेता नेपालले ओलीले बैठकको सामना गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । नेतृ शाक्यका अनुसार आगामी पुस ३ गते काठमाडौँ क्षेत्र नम्बर २ मा त्यस्तै भेलाको आयोजना हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू