अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा राजावादीहरूको विशाल प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३९ मा प्रकाशित

राजसंस्था र हिन्दुराष्ट्र स्थापनासाथै र संघीयता खारेजीको माग गर्दै शनिबार प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन्। उनीहरूले विशाल मोटर तथा मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन् । राप्रपा झापाको आयोजनामा भएको प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए।

र्यालमिा ठूलो संख्याका सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए। प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिनुभयो । राप्रपाका अर्का नेता राम थापाले अब दलका नेताहरूलाई कारागार पठाउनुपर्ने बताए। राजा बस्ने ठाउँ राजदरबार हो भने अपराधी बस्ने ठाउँ कारागार भएको भन्दै थापाले अन्य दलका सबै नेतालाई कारागार पठाउनु पर्ने बताउनुभयो ।

यसैबीच, मुलुकका विभिन्न सहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दुराष्ट्रका पक्षमा प्रदर्शन भइरहेका छन्। राजतन्त्रको अन्त्य भएको १२ वर्षपछि देशका प्रमुख सहरहरुमा पुनः राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा प्रदर्शन शुरु भएको हो। काठमाडौँ, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगर लगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू