अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

काठमाडौंका मेयरको टोली पोखरामा

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहितको टोली सोमवार पोखरा आइपुगेको छ ।टोलीलाई पोखरा महानगरपालिकामा भव्य स्वागत गरिएको छ । सांस्कृतिक शहर काठमाडौं र प्राकृतिक रूपमा रमणीय पोखराका मेयरबीच अनुभव साटासाट भएको बताइएको छ ।

भ्रमण टोलीमा मेयर शाक्यसहित काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरू लगायत सहभागी हुनुहुन्छ । आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले प्रमुख शाक्य र उपप्रमुख खड्गीलाई मायाको चिनो प्रदान गर्नुभयो ।

काठमाडौंका प्रमुख शाक्यले पनि पोखरा महानगरका प्रमुख जिसी र प्रमुख प्रशासकीय अधिकृत बराललाई मायाको चिनो प्रदान गर्नुभएको छ । कार्यक्रममा पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली, सचेतक शोभामोहन पौडेल, रामराज लामिछाने, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू