अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार छ – मन्त्री पुन

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो र तेस्रो तहका नेताहरूले दुई अध्यक्षले नेतृत्व हस्तान्तरण गरे आफूहरू नेतृत्व गर्न तयार रहेको बताउन थालेका छन् ।गएको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू तल्लो तहका नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको र अर्का अध्यक्ष प्रचण्डले पनि त्यो त्याग गर्न तयार रहनुपर्ने भन्दै लिखित प्रस्ताव पेस गर्नुभएको छ । त्यसलगत्तै दोस्रो र तेस्रो तहका नेताहरू नेतृत्व लिन आफूहरू तयार रहेको बताउन थालेका हुन् ।

रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताउनुभएको छ । दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा वा दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरू नेतृत्व लिन तयार र सक्षम रहेको उहाँको भनाइ छ । नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति देखिए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विगघन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पु¥याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू