अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 06:08

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१७ मा प्रकाशित

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।रक्षामन्त्री एंव चिनियाँ स्टेट काउन्सिलरले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो । उहाँहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नु भएको थियो । उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभयो । चीनका रक्षामन्त्री वेइ फेङहेले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटवार्ता गर्नुभएको छ । बिहान १० बजे काठमाण्डौ आएका उहाँ आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू