अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

रुकुममा जिप दुर्घटना, मृतकको संख्या ५ पुग्यो

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३२ मा प्रकाशित

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित दाँजेमा भएको जिप दुर्घटना मा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । ४ जनाको घटनास्थलमा र ५८ वर्षीय लाल बहादुर नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभयो ।

गएराति आठबिसकोट–१० घारीखोला जाँदै गरेको ग.१ज ५८९ नम्बरको जन्ती सवार जीप दुर्घटना भएको थियो । जिप सडकबाट १ सय मिटर तल खस्दा आठबिसकोट–८ बस्ने कलीभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको घटनास्थलमा मृत्यु भएको थियो ।

चालक दिल बहादुर नेपाली र जिपका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिनुभयो । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू