अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ६:०२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगाएत सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन अपस्पतालहरुलाई निर्देशन दिएको छ ।मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी तत्काल भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयको शुक्रबार बसेको सचिवस्तरिय वैठकले उक्त निर्णय गरेको हो ।मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ३५ हजार रकम निकाशा भईसकेको जनाएको छ । कार्तिक महिनाको रकम भने भुक्तानिको क्रममा नै रहेको भन्दै पठाईसकेको रकम अनुरुप जोखिम भत्ता वितरण गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू