अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

नेपालमा आज १ हजार २ सय ३७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, थप १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ५:५९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७ सय ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७ जना पुरुष र ६ सय ९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त जिल्ला बनेका छन् । आज १ हजार २ सय ३६ जना निको भएका छन् । यो संगै हालसम्म नेपालमा २ लाख १० हजार ६ सय ७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको कूल संख्या १ हजार ४ सय ३५ रहेको छ । संक्रमित मध्ये १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा छन् भने ३ सय ५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू