अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

नेपालमा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:०० मा प्रकाशित

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भएकोमा आजसम्म १ लाख ९३ हजार ३ सय २५ व्यक्ति उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा ८ हजार १ सय ४४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा १ हजार ६ सय ७४ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट दुई हजार ३२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ । हाल मनाङ र मुगुमा एकजना पनि सक्रिय संक्रमित छैनन् । काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

उनीहरुमध्ये १७ हजार २ सय ६ जना ‘होम आइसोलेसन’मा छन् । हाल ३ सय ३६ जनाको ‘आईसीयू’ र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू