अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

पोखराबाट तुलसीपुर जाँदै गरेको बसमा अचानक आगो लाग्यो, यात्रु सकुशल

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३७ मा प्रकाशित

पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा अचानक आगलागी भएको छ। कालाकाटे र धानखोलाको विच क्षेत्रमा बसमा आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिनुभयो ।

आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ । बसमा २३ यात्रु सवार थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन सकेको छैन् । प्रहरीका अनुसार सटसर्किटका कारण बसमा आगो लागेको हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू