अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

अर्मेनिया र अजरबैजानबीच जारी संघर्ष अन्त्यका लागि सम्झौता

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ७:०२ मा प्रकाशित

अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ ।६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने छ ।

त्यस्तै आगामी केही हप्ताभित्र अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने छ ।अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अनलाइन कुराकानीमा त्रिपक्षीय सम्झौता द्वन्द्व व्यवस्थापनका लागि महत्वपूर्ण भएको बताउनुभएको छ ।

राष्ट्रपति अलियेभले सम्झौताले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै अर्मेनियाले नचाहँदा नचाहँदै पनि सम्झौतामा हस्ताक्षर गर्न राजी भएको बताउनुभयो ।अर्मेनियाली मूलकै बासिन्दाका बसोबास रहेको नागोर्नो–काराबाख आधिकारिक रुपमा अजरबैजानको हिस्सा भए पनि १९९४ को युद्धपछि अर्मेनियाको कब्जामा छ ।

४ हजार ४ सय वर्गकिलोमिटर रहेको यो क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा अजरबैजानकै हिस्साका रुपमा मान्यता प्राप्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू