अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

“म राजीनामा दिनेवाला छैन” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । आज चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।

आफुले अहिलको परिस्थितिमा राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले केहीले राजीनामा मागिरहेपनि त्यो माग बेकारको रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो रहरलेभन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभएको छ । कुनैपनि जालझेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

सरकारको र आफ्नो जुनसुकै कुरामा पनि आलोचना गर्ने प्रवृतिहरु बढेको उल्लेख गर्र्दैे उहाँले त्यस्ता गतिबिधीबाट प्रभावित नहुन समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको आरोप समेत लगाउनुभयो । एकथरीको अस्थिरताको खेती गरिरहने र देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत रहेको ओलकिो भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू