अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

नागमणि भन्दै झण्डै दुई करोड ठग्नेहरु पक्राउ

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:५२ मा प्रकाशित

बहुमूल्य नागमणि भन्दै ‘झिमिक–झिमिक बल्ने’ सानो पदार्थ देखाएर १ करोड ८९ लाख ५० हजार ठगी गरिएको छ। दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका हुन् ।

नेपालगञ्जको एक होटलमा बसेर मूल्य निर्धारण गरेका उनीहरु पैसा बुझेपछि फरार भएका थिए । बाँके प्रहरीले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।

यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ । बाँके प्रहरीले केही दिनयता गरेका यस्ता ५ वटा घटना सार्वजनिक गरेको छ । जसमा तीन किलो अफिम, २२ ग्राम ब्राउनसुगर, रेडपाण्डाको छाला र नेकपा विप्लव माओवादीका कार्यकर्ता पक्राउ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू