अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको – नेमकिपा अध्यक्ष बिजुक्छे

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४४ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको भएको दाबी गर्नुभएको छ । नेपाल भाषा साहित्य तः मुज्या सम्मेलनको अनलाइन छलफलमा उहाँले भारत भन्ने देश नभएकै बेला ती भूभागहरु नेपालको भएको बताउनुभएको हो ।

भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण निकट भविष्यमा हुनसक्ने भन्दै उहाँले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भारतीय विस्तारवाद नीतिको विरोध गर्नुपर्ने बताउनुभयो । कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नरहेको आरोप लगाउँदै उहाँले यस्तै पाराले नेपालले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत औंल्याउनुभयो । अनलाइन सम्मेलनमा साहित्यकार, भाषाविद् लगायत विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू