अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

स्याङ्जामा एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:२१ मा प्रकाशित

स्याङ्जामा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा पुरीस्वाराका ३४ वर्षीय टाउके भन्ने इन्द्रजित गुरुङ, ३४ वर्षीय गिरेबहादुर गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

मङ्गलबार राति पुतलीबजार नगरपालिका ६ टक्सार कोल्डाँडा पहिरोमा मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप हुँदा सूर्यबहादुर गम्भीर घाइते भएका थिए । घाइते गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू