अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ६:२३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७२५ को पिसिआर परीक्षण परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२५ जनाको पीसीआर परीक्षण गर्दा महिला २११ र पुरुष ३५९ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३१६८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै कूल मृत्यु हुने संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू