अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

वसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

बिआरटीनेपाल २०७७ कार्तिक ७ गते २१:१४ मा प्रकाशित

कात्तिक ८, काठमाडौँ । गायक वसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरूको अभिनय रहेको छ ।

ले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रवार साँझ सार्वजनिक गरिएको गीतमा वसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै सङ्गीत भरेका छन् ।

भिडियोमा नायक पल शाहसँगै मोडलहरू रियासा दाहाल, उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक विष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् ।

झन्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा पूर्ण आशावादी छन् । गायक वसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाउ’, ‘जिउँदै श्रद्धाञ्जली न देऊ आत्मालाई’, ‘हाम्रो प्यारो अर्घाखाँची’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

प्रतिक्रिया