अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

सकर दसैँ कप प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते १३:१० मा प्रकाशित

नेपालका पूर्व राष्ट्रिय खेलाडी वसन्त थापा सम्मानित

टेक्सास । टेक्ससको ड्यालसमा ९ औ सकर दसैँ कप प्रतियोगिता अक्टोबर १७ शनिवारका दिन सम्पन्न भएको छ । उक्त प्रतियोगिता डिएफडब्लु हिमालयज एफसी विजयी भएको छ भने उप विजेता ड्यालस एभरेस्ट भएको छ ।

१ दिन मात्र गरिएको उक्त प्रतियोगितामा ३५ वर्षका माथि उमेरको खेलमा ड्यालस गोर्खा एफसी विजयी भएको छ भने उप विजेता बेल्टलाइन टाईगर्स भएको छ ।

उक्त खेलमा प्रमुख अतिथि नेपालका पूर्व राष्ट्रिय खेलाडी वसन्त थापालाई सम्मान पनि गरिएको छ । हरेक वर्ष खेलकुद क्षेत्रमा विशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत वसन्त थापालाई यस वर्ष सम्मान गरिएको हो । प्रमुख अतिथिले विजेतालाई नगद पुरस्कार तथा सिल्ड अनि प्रमाण पत्र प्रदान गरेका थिए । 

प्रतिक्रिया