अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख नाघ्यो

थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि, मृतकको संख्या ८ सय १२ पुग्यो

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:२७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ३ हजार २ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाको उपचारपछि निको हुनेको कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

मुलुकमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५ सय ३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१ जना रहेको मन्त्रालयले जनाएको छ । अहिले आइसीयूमा २ सय ९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा अहिलेसम्म मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू