अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

प्रदेश–२ ले पनि कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:५३ मा प्रकाशित

प्रदेश दुई सरकारले कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च तिर्ने भएको छ।संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएपछि प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण संक्रमितको उपचार खर्च र परीक्षण खर्च तिर्ने सामाजिक विकासमन्त्री नवल किशोर साहले बताउनुभयो ।

संघीय सरकारले कोरोनाको उपचारमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने निर्णय गरेपनि प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिनुभयो ।

प्रदेश २ मा हाल १५ हजारभन्दा बढी संक्रमित रहेकोमा १ हजार ८ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यसअघि गण्डकी प्रदेश, प्रदेश १ सरकार र लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने जानकारी गराइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू