अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

नेकपाले सांसदहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४८ मा प्रकाशित

चर्को विरोधपछि सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ । नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ ।

नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको जानकारी दिनुभयो । नेकपा स्रोतका अनुसार मन्त्रीहरुले पनि दसैं भत्ता फिर्ता गर्ने तयारी भएको छ । पत्रकार सम्मेलमार्फत यसको घोषणा गर्ने तयारी भइरहेको एक मन्त्रीले बताएका छन् । उनका अनुसार सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

२०७६ को दसैंमा सरकारले सांसद र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता स्वरुप एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको थियो । कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू