अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

देशमा संकटकाल/ कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना भ्रामक – गृह मन्त्रालय

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४३ मा प्रकाशित

गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल/कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ । आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै सन्देश पठाइएको थियो । यी सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू