अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

थाइल्याण्डमा राजाबिरोधी प्रदर्शनपछि संकटकाल घोषणा

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:१० मा प्रकाशित

थाइल्याण्डमा राजाविरोधी नाराबाजी र प्रदर्शन चर्किएपछि सरकारले संकटकाल घोषणा गरेको छ । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरेको हो ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ ।

थाइल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानूनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनु परेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू