अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

देशभर ३१५ जना कोरोना संक्रमितको आइसियू र ७७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०४ मा प्रकाशित

शुक्रबारसम्म देशभर ३ सय १५ जना कोरोना संक्रमितको आईसीयूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभयो ।

डा.गौतमका अनुसार हालसम्म प्रदेश १ मा ३२, प्रदेश २ मा १३, बागमती प्रदेशमा १७०, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ८ जनाको आईसीयुमा उपचार भइरहेको छ। यसैगरी भन्टिलेटरमा भने प्रदेश १ मा ९, प्रदेश २ मा १, बागमती प्रदेशमा ५८,गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जनाको उपचार भइरहेको छ।

यसअघि बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय आईसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने कोरोना संक्रमितको संख्या हरेक दिनजसो बढ्दै गइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू