अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

पहिलो पटक दाङमा देखियो ’सुन्दर सर्प’ तर, स्थानियले मारे

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:४३ मा प्रकाशित

केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा – २ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीय मारिदिएका छन् । विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको बताउनुभयो । मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको छ ।

अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गर्छन्। सुवेदीका अनुसार यो सर्पले सोझै बच्चा जन्माउँछ। तर, अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन्। हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल तथा पहाडी क्षेत्र हो। तर बढी यो सर्प तराईमा पाइने सुवेदीले बताउनुभयो ।

कतिपय स्थानीयले उक्त सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय दिएपनि सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई टोक्छ भन्ने ठानेर स्थानीयले मारेको बताईएको छ । सुर्केडाँगीका एकजनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प मारिसकेको अवस्थामा फेला परेको सुवेदीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू