अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

प्रतिपरिवार १० हजारका दरले चाडपर्व खर्च उपलब्ध गराउन सकारसंग माग

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:४१ मा प्रकाशित

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड यूनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ । यूनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजारका दरले चापवर्ड खर्च उपलब्ध गराउन माग गरेको हो ।

ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईँले अनौपचारिक तथा औपचारिक क्षेत्रमा कार्यरत निम्न आएका भएका श्रमिकको परिवारलाई दशै तिहार (चाडपर्व) खर्चबाफत प्रतिपरिवार १० हजारका दरले दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताउनुभयो । यसैगरी निम्न आय भएका गरिब परिवारको लागत संकलन गरी सामाजिक सुरक्षा भत्ताको रुपमा निर्वाह खर्च वापत प्रतिपरिवार प्रति महिना ७ हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न पनि माग गरिएको उहाँले बताउनुभयो ।

श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्दै स्वरोजगार मिडियाको प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र क्लिनफिड तत्काल लागू गर्न पनि विभागले माग गरेको छ । श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।

विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकोमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीहरुलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुल उपर गर्ने कानूनी व्यवस्था गर्न पनि माग गरेको छ । विदेशमा अलपत्र नागरिक स्वदेश फर्काउँदा समेत राजनीतिक भेदभाव, पहुँच र आस्थाको आधारमा व्वस्थापन गरिएको गुनासो आएको प्रतिपनि सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । विदेशबाट फर्किएका नागरिकहरुका लागि तत्काल रोजगारीको अवस्था सिर्जना गरी उनीहरुको सीप र अनुभव अनुसारको रोजगारीको व्यवस्था गर्न पनि माग गरिएको छ । अलपत्र नागरिकहरुको उद्धारका लागि कल्याणकारी कोषको रकम परिचालन गर्न पनि सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।

यसैगरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको विना भेदभाव निशुल्क उपचार र २५ लाखको बीमाको व्यवस्था गर्न पनि कांग्रेसको ट्रेड यूनियन विभागले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू